Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तानको शानदार जित : युएई ५ विकेटले पराजित

अफगानिस्तानको शानदार जित : युएई ५ विकेटले पराजित


काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न  खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेको छ ।

नयाँ दिल्ली अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनायो। सोहैब खानले ४८ बलमा ६८ रनको उत्कृष्ट इनिङ खेले भने आलिशान शराफूले ४० रन जोडेकाहुन् ।

बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह ओमरजाई प्रभावशाली बने। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिए। कप्तान राशिद खानले एक विकेट हात पार्दै टी–२० करियरमा ७०० विकेट पूरा गर्ने ऐतिहासिक उपलब्धि हासिल गरे। मुजिब उर रहमानले पनि किफायती बलिङ गरेका छन् ।

१६१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। इब्राहिम जाद्रानले ५३ रनको अर्धशतक प्रहार गरे। अन्तिम समयमा अजमतुल्लाह ओमरजाईले २१ बलमा अविजित ४० रन जोड्दै टोलीलाई ४ बल बाँकी छँदै जित दिलाए। दरविश रसुलीले ३३ रन बनाएका हुन् ।

युएईका जुनैद सिद्दीकी र मोहम्मद अर्फानले समान २–२ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। यो अफगानिस्तानको तेस्रो खेलमा पहिलो जित हो। ३ खेलबाट २ अंक जोड्दै उसले सुपर–८ को सम्भावना कायम राखेको छ। युएईको पनि ३ खेलबाट २ अंक रहेको छ।

अब समूह चरणको अन्तिम खेलमा युएईले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले क्यानडासँग भिड्नेछ।महत्त्वपूर्ण जितसँगै अफगानिस्तानले प्रतियोगितामा पुनरागमन गरेको छ। आगामी खेलहरूले दुवै टोलीको यात्रा तय गर्नेछन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino