प्रहरीले अगाडि बढायो कारबाही, प्रसाईंमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं माथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिनको म्याद थप गरेको छ।
प्रसाईंलाई सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार प्रशासनमा उपस्थित गराएको हो। सार्वजनिक शान्ति भंग हुने किसिमका गतिविधि र निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ। सोही आधारमा थप अनुसन्धानका लागि अदालतबाट म्याद प्राप्त भएको हो।
प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका हुन् । यसअघि पनि उनी विभिन्न मुद्दामा पटक–पटक पक्राउ परेका छन् । केही दिनअघि वीरगञ्ज जाँदै गर्दा दक्षिणकाली क्षेत्रबाट एकपटक नियन्त्रणमा परे भने, त्यसअघि पोखराबाट पनि पक्राउ परेका हुन् ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको हो। आवश्यक प्रक्रिया पूरा भएपछि थप जानकारी सार्वजनिक गरिने बताइएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया