अहिलेका दलालहरुलाई यो चुनावबाट साफ गर्न सकिन्छः प्रकाण्ड सी
५ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी( माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)ले अहिलेका दलालहरुलाई जनताको साथ भएमा यो चुनावबाट साफ गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ ।
नेकपा (माओवादी)ले संचालन गरेको चुनावी अभियानका क्रममा मंगलवार शुभकालिकाको सुन्दरगाउँमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेका दलालहरुलाई जनताको साथ भएमा यो चुनावबाट साफ गर्न सकिने विश्वास व्यक्त गर्नु भएको हो ।
उहाँले काठमाडौका दलालहरुसंग अलि लड्न समय लागेपनि यहाँका दलालहरुसंग लड्न धेरै अप्ठ्यारो नभएको र यो चुनावबाट तह लगाउन सकिने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘अहिले जनताको गणतन्त्र र सत्ता छैन, दलालहरुको सत्ता छ, दलालहरुलाई यो चुनावबाट साफ गर्नुपर्छ, उत्पीडित वर्ग जाति क्षेत्र,महिला, दलित, किसान, मजदुर,युवा सबैको अधिकार स्थापित भएको राज्य चाहिन्छ ।’
उहाँले विगतको चुनाव जस्तो यतिवेलाको चुनाव नभएको स्पष्ट पार्दै अहिलेको चुनाव देशको स्वाधीनता र जनताको अधिकार स्थापित गर्ने चुनाव भएको बताउनु भयो ।

प्रवक्ता प्रकाण्डले जनताको सत्ता र व्यवस्थाका लागि आफू स्थायी शिक्षकको लागि छोडेर जनयुद्धमा बन्दुक बोकेर हिडेको स्मरण गर्नु भयो ।
सेना दिवसको दिन अमेरिकी सेनाले सैनिक मञ्च टुडिखेलमा परेड खेलेको कुरा सामन्य नभएको भन्दै प्रवक्ता प्रकाण्डले देशमा विदेशी हस्तक्षेप बढेको र नेपाल राष्ट्र नै नरहेन अवस्थामा पुगेको बताउनु भयो ।
‘हाम्रो राष्ट्र खतरामा भयो, नयाँ ढंगले संघर्ष गर्नुपर्छ, हामीलाई विदेशीको हस्तक्षेप स्वीकारे छैन, कुनै लोभ प्रलोभनमा नपर्नु होला, देशको स्वाधनीता बचाउने चुनाव हो, जनताको अधिकार ल्याउने चुनाव हो, हामीले जितेमा जनताको संविधान बनाउने छौ, राज्यको पूर्नसंचरना गरेर जनताको राज्य व्यवस्था स्थापित गर्नेछौ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
‘यो चुनाव नेपालको हो कि अमेरिकाको हो ? प्रश्न गर्दै आज अमेरिकीहरु आफ्ना दलालहरु मार्फत आएका छन, हामीले बुद्धि पर्याएनौ भने देशनै नरहने अवस्थामा छ’ प्रकाण्डले भन्नु भयो, ‘गणतन्त्र किसान, मजुदरको भएन, यी सीमित अधिकारको रक्षा गर्र्दै जनताको राज्य स्थापित गर्ने र विदेशी हस्तक्षेप अन्त्य गर्नको लागि प्रकाण्डलाई जिताउनु होला ।’

उहाँले जनताको नेताले हारेमा सिंगो कर्णालीले हार्ने बताउदै कर्णाली मात्र नभएर उत्पीडित जनताले हार्ने बताउनु भयो । संसदवादीहरु राजा भन्दा पनि रद्दी भएकाले नेपालमा युवा र जेनजीहरुले भाद्र २३ र २४ गते आन्दोलन गरेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा देशभक्त समाजवादी पार्टीका भैरव शाही, नेकपा माओवादीका केन्द्रीय सदस्य विमर्ष सी,दिनेश सी लगायतका नेताहरुले बोल्दै प्रकाण्ड जस्तो नेता कालिकोटमा कोही पनि नभएको भन्दै जनताको नेता, जनयुद्ध र माओवादी आन्दोलनको संस्थापनक नेता प्रकाण्डलाई जिताउन अपिल गर्नु भयो । कार्यक्रम सुरु हुनु अघि स्थानीय जनताले नाचगान सहित प्रकाण्डलाई भव्य स्वागत गरेका थिए
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया