इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले इरानमाथि भएको अमेरिकी–इजरायली संयुक्त सैन्य हमलाको कडा विरोध गरेको छ।
पार्टीले उक्त हमलालाई अन्तर्राष्ट्रिय कानुनविपरीत, साम्राज्यवादी हस्तक्षेप र विश्व शान्तिविरुद्धको कदम भएको जनाएको छ। पार्टीका महासचिव विप्लव सी द्वारा जारी विज्ञप्तिमा फागुन १७ गते भएको हमलामा इरानका उच्च अधिकारी तथा सर्वसाधारण नागरिकको ज्यान गएको उल्लेख गर्दै घटनाले विश्व समुदायलाई स्तब्ध, त्रसित र आक्रोशित बनाएको बताइएको हो।
विज्ञप्तिमा अमेरिकामा ट्रम्पको उदयपछि विश्व शान्ति थप संकटमा परेको दाबी गर्दै यस्तो आक्रामक कदमले तेस्रो विश्वयुद्धको खतरा बढाएको उल्लेख गरिएको छ।
इरान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको भन्दै कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने पार्टीको धारणा छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली नागरिकहरू प्रत्यक्ष प्रभावित हुन सक्ने उल्लेख गर्दै पार्टीले सरकारसँग आवश्यक कूटनीतिक पहल गरी नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। साथै, आवश्यक परे स्वदेश फिर्ताको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
पार्टीले राष्ट्रसंघ, मानवअधिकारवादी संघसंस्था तथा विश्व समुदायलाई संवाद, सहकार्य र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आह्वान गरेको छ।
विश्व शान्ति, स्थिरता र सहकार्यको वातावरण निर्माण गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ।

ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया