Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्तर्राष्ट्रियइरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु

इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु


काठमाडौं । इरानमा भएको पछिल्लो सैन्य आक्रमणमा कम्तीमा ५७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शनिबार दक्षिणी इरानस्थित एक बालिका विद्यालय नजिक भएको प्रहारमा धेरै बालबालिका प्रभावित भएका बताइएको छ। घटनामा ४५ जना घाइते भएका छन्। उद्धार तथा उपचार कार्य जारी रहेको अधिकारीहरूले जानकारी दिएका हुन् ।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य कारबाही अघि बढाएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कदमलाई इरानको सैन्य र परमाणु क्षमतामाथि लक्षित रणनीतिक अभियान भएको बताएका छन्।

यसबीच, इरानले पनि जवाफी कारबाही सुरु गरेको जनाएको छ। इरानी रिभोलुसनरी गार्डले ड्रोन र मिसाइल प्रहारमार्फत प्रतिआक्रमण गरेको दाबी गरेको हो। क्षेत्रीय तनाव चर्किँदै जाँदा खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

संयुक्त अरब इमिरेट्समा समेत मिसाइलका टुक्रा लागेर एक जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ।
क्षेत्रीय शक्ति सन्तुलन र परमाणु कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच भएको यो घटनाले मध्यपूर्व पुनः अस्थिर बन्ने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

मध्यपूर्वमा बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ। कूटनीतिक प्रयास तीव्र बनाउने आह्वान भइरहेका बेला आगामी दिनमा स्थिति कता मोडिनेछ भन्ने चासो बढेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino