Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनिति उज्यालो नेपाल पार्टीले सरकारको नेतृत्व गर्ने : कुलमान घिसिङ

 उज्यालो नेपाल पार्टीले सरकारको नेतृत्व गर्ने : कुलमान घिसिङ


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत चुनावी घोषणा सार्वजनिक गर्दै उनले राजनीति नै सरकार सञ्चालनका लागि गरिएको स्पष्ट पारेका हुन् ।

अध्यक्ष घिसिङले देशका जटिल समस्या समाधानका लागि संसदभित्र सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले विपक्षमा रहेर पनि आवाज उठाउन सकिने उल्लेख गर्दै अब नेतृत्वकै उद्देश्यले राजनीति अघि बढाइएको बताए।

सरकारमा पुगेपछि घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने उनले दाबी समेत गरेका छन् । साथै मुलुकको दीगो समृद्धिका लागि जलविद्युत उत्पादनमा विशेष जोड दिइने उनको भनाइ छ।

सरकारको नेतृत्वमार्फत घोषणा पत्रका प्रतिबद्धता कार्यान्वयन गर्दै जलविद्युत, विकास र समृद्धिलाई प्राथमिकतामा राख्ने समेत दोहोर्‍याएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino