Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिएक तिहाइ स्वतन्त्र उम्मेदवार : चुनावी मैदान  तताउँदै,जोडिए महावीर पुन

एक तिहाइ स्वतन्त्र उम्मेदवार : चुनावी मैदान  तताउँदै,जोडिए महावीर पुन


काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३,३८७ जनाले उम्मेदवारी दिएका छन्।

उक्त  यसमध्ये १,१८८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्, जसले कूल उम्मेदवारको ३४.०६९ प्रतिशत ओगटेका छन् । बाँकी २,२९९ जना दलगत उम्मेदवार हुन् ।

धनुषामा सबैभन्दा धेरै १०६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने काठमाडौंमा ८९, महोत्तरीमा ८७, सिराहामा ८५, रौतहटमा ७८, सर्लाहीमा ७२, रूपन्देहीमा ६३ र कपिलवस्तुमा ४९ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन समेत स्वतन्त्र उम्मेदवार बनेका छन् । उनी मन्त्री पदबाट राजीनामा दिएर मनोनयन दर्ता गरेका हुन् र पार्टीको ‘पुच्छर बन्न नचाहने’ संकेत दिएका छन् ।

त्यसैगरी, ८० वर्षमाथिका चार स्वतन्त्र उम्मेदवार पनि छन्, जसमा काठमाडौं-४ का ८७ वर्षीय मदनदेव आचार्य र महोत्तरी-१ का ८१ वर्षीय प्रेमबहादुर राना मगर समावेश छन् ।
कसैले दलबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका छन् भने, केही डमी उम्मेदवारका रूपमा उठेका छन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार स्वतन्त्र उम्मेदवारी पर्नुको मुख्य कारण भनेको लोकप्रियता, पैसा वा दलको टिकट नपाउनु हो ।

यससँगै चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारको सक्रियता चुनावी तापक्रम बढाउँदैछ, जसले आगामी निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक बनाउने देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino