Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिओलीको रणनीति : युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टिले देश निर्माण हुन्छ

ओलीको रणनीति : युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टिले देश निर्माण हुन्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टिकोण आवश्यक भएको बताएका छन्।

अध्यक्ष ओलीले आगामी निर्वाचनलाई “राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष” बताए र भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ। हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो।”

आज पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन्। उनले भने, “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउनेछौँ।”

अध्यक्ष ओलीले २४ भदौको घटनालाई अप्रत्याशित नभएर नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण भएको पनि बताएका छन् ।

यो घोषणापत्रले एमालेको भविष्य निर्देशित नीतिगत प्राथमिकता र तत्काल कार्यान्वयनयोग्य कदमहरूको झलक दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino