कम्युनमा छापा सरकारको दमनकारी श्वेत आतंक हो – माओवादी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ मा अवस्थित कम्युन तथा सर्वसाधारण नागरिकका घरमा प्रहरीले गरेको खानतलासीको घटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

माओवादीका प्रवक्ता प्रकाण्ड द्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रहरीले कम्युन र सर्वसाधारणको घरमा छापा मार्दै आतंक मच्चाएको छ। माओवादीले यसलाई राज्यद्वारा गरिएको दमनकारी श्वेत आतंकको संज्ञा दिइएको छ।
वक्तव्यमा सरकारले एकातिर शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने प्रचार गरिरहेको छ अर्कोतिर माओवादीका उत्पादन केन्द्र तथा सर्वसाधारण जनताका घरमा प्रहरी छापा मार्नुले राज्य शान्तिपूर्ण निकास चाहँदैन भन्ने स्पष्ट भएको बताइएको छ।
यस्तो कार्यले देशलाई झन अशान्तितर्फ धकेल्ने खतरा रहेको माओवादीको ठहर छ।
नेकपा(माओवादी) ले सरकारद्वारा गरिएको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर तथा प्रतिरोध गर्न सम्पूर्ण न्यायप्रेमी जनतालाई विशेष अपिल गरेको छ। साथै, मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघसंस्थालाई गैरकानुनी प्रहरीको छापा र दमनबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेकोछ।
माओवादीले पार्टीले लोकतान्त्रिक अधिकारमाथि भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग पनि गरेको छ।

ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया