कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति
काठमाडौं । कम्युनिष्ट एकताको बहस फेरि सतहमा आएको बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकता प्रस्तावप्रति कडा टिप्पणी गरेका छन्।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी शक्तिलाई एकताको प्रक्रियामा आउन गरेको आह्वानलाई लक्षित गर्दै विप्लवले त्यसलाई राजनीतिक जालझेलको रूपमा व्याख्या गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै महासचिव विप्लवले कम्युनिष्ट आन्दोलनको नाममा बारम्बार प्रयोग गरिँदै आएको एकता प्रस्ताव अब विश्वासयोग्य नरहेको संकेत गरेका छन् । उनले व्यवहारमा सहकार्य नगर्ने शक्तिहरूले केवल भाषण र वक्तव्यका आधारमा एकताको कुरा गर्नु अर्थहीन भएको बताएका हुन् ।
उनको टिप्पणीमा चुनावी मोर्चामा समेत सहमति जुटाउन नसक्ने दलहरूले एकताको चर्चा गर्नु आन्दोलनप्रति इमानदार नभएको संकेत भएको उल्लेख गरेका छन् । यस्तो अभ्यासले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनेभन्दा झन् भ्रम सिर्जना गर्ने ‘विप्लव’ को भनाइ छ।
कम्युनिष्ट शक्तिहरूबीच विचार र कार्यदिशाको स्पष्टता नआएसम्म यस्ता प्रस्तावले ठोस परिणाम नदिने संकेत विप्लवको टिप्पणीबाट प्रष्ट देखिन्छ।
यस अभिव्यक्तिले वाम राजनीति भित्रको बहस अझ चर्किने अनुमान गरिएको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया