Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिकांग्रेसको कमान्ड आजदेखि गगन थापाको हातमा

कांग्रेसको कमान्ड आजदेखि गगन थापाको हातमा


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन्।

विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका थापाले आजैबाट पार्टीको नेतृत्व सम्हाल्न लागेका हुन्।पदवहालीसँगै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल हुने बताइएको छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ।

लामो समयपछि नेतृत्व परिवर्तनसँगै कांग्रेसको भावी रणनीतितर्फ सबैको चासो केन्द्रित भएको छ।

नयाँ नेतृत्वसँगै कांग्रेसको राजनीतिक यात्राले कुन मोड लिन्छ भन्ने प्रश्नको उत्तर अब यही बैठकबाट संकेत हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino