कांग्रेसको पुराना उम्मेदवार नदोहोर्याउने निर्णय
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधित्वमा नयाँ अनुहारलाई प्राथमिकता दिने निर्णय गरेको छ।
पार्टीले २०६४ देखि २०७९ सम्म भएका निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकाहरूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दोहोर्याउने छैन।
आइतबार बसेको पार्टी बैठकले युवासहित नयाँ व्यक्तिलाई समानुपातिक सूचीमा समेट्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए। यस निर्णयलाई कांग्रेसभित्र पुस्तान्तरणतर्फको संकेतका रूपमा हेरिएको छ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन पुस १३ र १४ गते मिति तोकेको छ। समय थप्न गरिएको कांग्रेसको आग्रह आयोगले अस्वीकार गरेपछि पार्टीले तोकिएकै समयभित्र सूची बुझाउने तयारी गरेको छ।
कांग्रेसले यसअघि नै प्रत्यक्ष र समानुपातिकतर्फ जिल्ला तथा क्षेत्रबाट सिफारिस मागिसकेको थियो। सोही सिफारिसका आधारमा तयार पारिएको नयाँ र युवामुखी समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाइने तयारी भइरहेको ती पदाधिकारीले बताएका छन्।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया