कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज ललितपुरस्थित बी.पी. स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको छ।
बैठकको प्रारम्भमा सभापति थापाले मन्तव्य राख्दै समसामयिक राजनीतिक विषय, सुशासन, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् । त्यसपछि महामन्त्री प्रदीप पौडेलले ११ वटा प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन् ।
प्रस्तावहरूमा समसामयिक विषय, सुशासन प्रवर्द्धन, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका निर्धारण, केन्द्रीय निर्वाचन समिति गठन, प्रतिनिधिसभा सदस्य अभिमुखीकरण, क्रियाशील सदस्यता अभियान, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, भ्रातृ तथा शुभेच्छुक संस्थासम्बन्धी विषय, केन्द्रीय लेखा समिति गठन तथा विविध विषय समेटिएका छन्।
बैठकमा २८ जना केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले आ–आफ्नो धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी रहेकाले बैठक भोलि चैत्र ११ गते बिहान ११ बजे पुनः बस्ने जानकारी गराएको छ।

ताजा अपडेट
- नेपालमा ‘कमिशन संस्कृति’को जाल : दैनिक जीवनदेखि विकास निर्माणसम्म ‘कट’को प्रभाव
- कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
- दुःखद खबर: डोटीमा जिप दुर्घटना, दुई युवाको मृत्यु
- झापामा बर्ड फ्लु फैलियो, कुखुरा–अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध
- मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
- रास्वपालाई बधाई, गगन थापाले मागे गिरीबन्धु र वाइडबडी प्रकरणको छानबिन
- रुपन्देहीमा ट्रकको ठक्कर, २१ वर्षीय युवकको मृत्यु
- कोलम्बियामा सैन्य विमान दुर्घटना : ज्यान गुमाउनेको संख्या ६६ पुग्यो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया