कांग्रेस संस्थापन समूहले विशेष महाधिवेशन रोक्ने प्रयास, पार्टी एकताको लागि छलफल
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका नेताहरूले पार्टी विभाजन रोक्न छलफल गरेका छन्। उनीहरूले विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बन्न नदिन उपाय खोज्ने निष्कर्ष निकालेका हुन्।
काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा सम्पन्न छलफलमा कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायतको सहभागिता रहेको हो ।
केन्द्रीय सदस्य गुरु बरालका अनुसार, पार्टी कमजोर बनाउन सक्रिय प्रयास भइरहेकाले एकता कायम राख्न र पार्टी फुटबाट जोगाउन रणनीति बनाइएको छ।
उनले भने, “पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। त्यसैले देशभरका कांग्रेसका साथीहरूलाई पार्टी एकता कायम राख्न आह्वान गरिन्छ।”
संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी विभाजन हुन नदिन, विशेष भनिरहेकाहरूलाई पनि कांग्रेसलाई एकढिक्का बनाउन आह्वान गर्ने निर्णय गरेको छ।
त्यसैगरी, उनीहरूले युवा र जिल्ला सभापतिको भेला पनि डाकेर पार्टी एकताको दिशामा काम गर्ने तयारी गरेका छन्।
अन्ततः, गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ गते आह्वान गरेको विशेष महाधिवेशन र संस्थापन समूहको युवा तथा जिल्ला सभापतिको भेला बीच सन्तुलन कायम राख्दै पार्टी एकता बचाउने प्रयास जारी जारी राखेका छन् ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया