काठमाडौंमा दुई सातादेखि ग्यास संकट चर्कियो, नेपाल ग्यास अभावले उपभोक्ता हैरान
काठमाडौं । राजधानी काठमाडौँमा पछिल्लो दुई सातादेखि खाना पकाउने ग्यासको अभाव गहिरिँदै गएको छ।
बजारमा विशेषगरी नेपाल ग्यास नपाइएपछि सर्वसाधारण उपभोक्ता समस्यामा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी हुन नसक्दा आपूर्ति प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उपभोक्तामा देखिएको हो।
नेपाल ग्यासका विक्री केन्द्रहरूमा लामो समयदेखि ग्यास उपलब्ध नहुँदा उपभोक्ता खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको केन्द्रीय कार्यालयसम्म धाउन बाध्य छन्। तर कार्यालयसम्म पुगेका उपभोक्ताले पनि ग्यास नपाएको गुनासो गर्दै आएका छन्।
कार्यालयमा बिहानदेखि दिउँसो २ बजेसम्म मात्र ग्यास वितरण गरिने व्यवस्था रहेकाले सीमित समयमै सेवा लिन उपभोक्ताको लामो लाइन देखिने गरेको छ। दैनिक सयौँ उपभोक्ता लाइनमा बस्दा पनि ग्यास हात नपर्ने अवस्था सिर्जना भएको हाे।
यता, नेपाल ग्यास कम्पनीले ढुवानी प्रक्रियामा समस्या देखिएकाले आपूर्ति नियमित हुन नसकेको जनाएको छ। कम्पनीका अनुसार ढुवानी सहज भएसँगै समस्या समाधान हुने अपेक्षा गरिएको छ।
ग्यास अभावले दैनिक जीवन प्रभावित भइरहँदा उपभोक्ताले छिटो समाधानको माग गरेका छन्। सम्बन्धित निकायले समयमै आपूर्ति व्यवस्थापन नगरे समस्या अझ जटिल बन्दै जाने चेतावनी उपभोक्ताहरूले दिएका छन्।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया