Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिकाठमाडौंमा मतदाता शिक्षा अभियान सुरु

काठमाडौंमा मतदाता शिक्षा अभियान सुरु


काठमाडौं । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्र तथा ११ स्थानीय तह अन्तर्गत १३८ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयले प्रत्येक वडामा एक–एक जना स्वयंसेवक खटाएर अभियान सञ्चालन गरेको जनाएको हो ।

निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार कार्यक्रम यही फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। स्वयंसेवकहरू मतदाताको घर–घर पुगेर सही तरिकाले मतदान गर्ने विधि सिकाउने छन्।

निर्वाचन आयोगले मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको जानकारी गराएको छ।

मतदान सचेतना बढाउँदै स्वच्छ र निष्पक्ष निर्वाचनको तयारी तीव्ररूपमा बढेको देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino