Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिकाठमाडौं माेडेल कलेजले छात्रामाथि गरेको दुर्व्यवहारकाे अखिल (समाजवादी) द्वारा निन्दा

काठमाडौं माेडेल कलेजले छात्रामाथि गरेको दुर्व्यवहारकाे अखिल (समाजवादी) द्वारा निन्दा


 

काठमाडौं, बागबजारस्थित काठमाडौं माेडेल कलेज प्रशासनले छात्रामाथि गरेकाे अनैतिक दुर्व्यवहारकाे अखिल (समाजवादी) ले निन्दा र भर्त्सना गरेकाे छ ।

अखिल (समाजवादी) काठमाडौं जिल्ला इञ्चार्ज ललिजङ सी र अध्यक्ष प्रेम सीले एक विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम् विद्यार्थीहरूबाट गुनासोकाे रुपमा छरपस्ट भइरहेको काठमाडौं मोडेल कलेज प्रशासनले छात्रामाथि गरेको अनैतिक दुर्ववहारको विषयप्रति आफ्नो संगठनकाे गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

साथै अखिल (समाजवादी) ले उक्त घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय र अपराधीलाई कानुन बमोजिम तत्काल कारबाही गर्न माग गरेकाे छ । अन्यथा कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा काठमाडौं माेडेल कलेज र सराेकारवाला निकायले लिनुपर्ने कुरा विज्ञप्तिमा उल्लेख छ ।

 

 

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino