Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिकाठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता फराकिलो, कुलमान घिसिङ दोस्रो स्थानमा

काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता फराकिलो, कुलमान घिसिङ दोस्रो स्थानमा


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार राजुनाथ पाण्डेले उल्लेख्य मतसहित अग्रता कायम राखेका छन्।

पछिल्लो मतगणनाअनुसार पाण्डेले ११ हजार १३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ६ हजार ६९९ मत पाएका छन्।दुवै उम्मेदवारबीच हाल ४ हजार ४३९ मतको अन्तर देखिएको छ।

त्यस्तै नेपाली कांग्रेसका रमेश अर्यालले ३ हजार ८९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामेश्वर फुयालले १ हजार ९४४ मत ल्याएका छन्।

काठमाडौं–३ मा मतगणना जारी रहेकाले आगामी अपडेटसँगै प्रतिस्पर्धाको अन्तिम परिणाम स्पष्ट हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino