किएभमा पुनः हवाई आक्रमण, युद्धविराम प्रभावहीन देखियो
काठमाडौँ । रुसले युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण थालेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको छोटो युद्धविरामको दाबीबीच कडा चिसो मौसममा आक्रमण तीव्र बनेको हो।राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिसो मौसमका बेला किएभसहित प्रमुख सहरहरूमा आक्रमण रोक्ने सहमति भएको बताएका हुन् ।
क्रेमलिनले युद्धविराम आइतबारसम्म लागू हुने जनाएको हो। तर युक्रेनले अझै आक्रमण नरोकिएको स्पष्ट पारेको छ।किएभ सहरको सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रातभर गरिएको आक्रमण अत्यन्त कडा चिसोका बीच भएको हो।
आपतकालीन सेवाले किएभमा तीन जना घाइते भएको पुष्टि गरेको छ। यस्तै, पूर्वी सहर खार्किवमा भएको गोलाबारीमा दुई जना घाइते भएको जानकारी त्यहाँका क्षेत्रीय सेना प्रमुख ओलेग सिनेगुबोभले दिएका छन्।
उनका अनुसार लामो समयसम्म चलेको आक्रमण ऊर्जा पूर्वाधारलाई लक्षित रहेको , जसको उद्देश्य सहरलाई तापविहीन बनाउनु रहेको देखिन्छ। सुरक्षाका कारण आठ सयभन्दा बढी घरधुरीमा अस्थायी रूपमा ताप सेवा बन्द गर्नुपरेको अधिकारीहरूले बताएका छन्।
नागरिकलाई आवश्यक परे सुरक्षित केन्द्रमा जान आग्रह गरिएको छ। यसबीच किएभमा रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस र खार्किवमा माइनस २३ डिग्री सेल्सियससम्म झरेको जनाइएको छ। चिसो र आक्रमणले जनजीवन थप प्रभावित बनेको छ।
युक्रेनमाथि रुसी आक्रमण सुरु भएको चार वर्ष पूरा हुन लागेको सन्दर्भमा वासिङ्टनले शान्ति प्रयास जारी राखेको भए पनि हालसम्म ठोस सहमति हुन सकेको छैन।अबु धाबीमा भएको प्रारम्भिक वार्ता निष्कर्षविहीन बनेपछि दोस्रो चरणको वार्ता सुरु हुने अपेक्षा गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले तनाव घटाउने पहलले केही विश्वास निर्माण भएको बताए पनि भूभाग नियन्त्रणको विषय अझै जटिल रहेको संकेत गरेका छन्। रुसले डोनेट्स्क क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा ल्याउने अडान लिँदै आएको छ, जसलाई किएभले अस्वीकार गर्दै आएको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला हप्तामा रुसी सेनाले युक्रेनमा आफ्नो सैन्य गतिविधि तीव्र बनाएको देखिन्छ। जनवरी महिनामा मात्र सयौँ वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिइएको आँकडाले युद्ध तत्काल अन्त्य हुने सम्भावना अझै अनिश्चित रहेको संकेत गर्दछ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया