Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिकैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्द २० हजार मतान्तरले विजयी

कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्द २० हजार मतान्तरले विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन मा  कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द फराकिलो मतान्तरसहित विजयी भएका छन्।

उनले नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणामअनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले ७ हजार ८७६ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगाना (उपाध्याय) ले ५ हजार ८३९ मत प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले १ हजार ५९२ मत प्राप्त गरेका छन्। यस परिणामसँगै कैलाली–५ मा रास्वपाले प्रभावशाली जित हात पारेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino