गगन थापाको नेतृत्वमा कांग्रेसको पहिलो केन्द्रीय बैठक, ५ महत्वपूर्ण निर्णय
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाको नेतृत्वमा बसेको पहिलो केन्द्रीय समिति बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ।
केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि सभापति थापाले केन्द्रीय समिति बैठकको अध्यक्षता गरेका हुन्।
बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलले समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचन केन्द्रित विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका छन् ।
बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सभापति गगनकुमार थापालाई नेपाली कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले पेश गरे भने, उपसभापति पुष्पा भुसालले समर्थन गरेकी हुन् ।
यस्तै, प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक राजनीतिक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गरिएको छ।
बैठकले पार्टीको दैनिक कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
गगन थापाको नेतृत्वमा बसेको पहिलो केन्द्रीय बैठकले आगामी निर्वाचन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई स्पष्ट राजनीतिक दिशातर्फ अघि बढाएको संकेत गरेको छ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया