Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारगोलबजारमा रवि लामिछानेको भव्य स्वागत, परिवर्तनको नाराले तात्यो बजार

गोलबजारमा रवि लामिछानेको भव्य स्वागत, परिवर्तनको नाराले तात्यो बजार


काठमाडौं । सिरहाको गोलबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आगमनसँगै क्षेत्रको माहोल उत्साहपूर्ण बनेको छ।

बुधबार हजारौं समर्थकहरू झण्डा र नारासहित सडकमा उत्रिँदा गोलबजार चोकदेखि कार्यक्रम स्थलसम्म जनलहर देखिएको छ । युवादेखि ज्येष्ठ नागरिकसम्मको बाक्लो सहभागिताले कार्यक्रमलाई थप ऊर्जा दिएको हो। स्थानीय बासिन्दाले फूलमाला र खादा लगाएर लामिछानेलाई स्वागत गरेका हुन् ।

आज कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, पारदर्शिता र दिगो विकासका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको दोहोर्‍याए। परिवर्तनका लागि नागरिकको सक्रिय साथ अपरिहार्य रहेको उल्लेख गर्दै उनले सिरहावासीप्रति आभार व्यक्त गरे।

स्थानीय नेताहरूले अबको राजनीति काम र परिणाममुखी हुनुपर्नेमा जोड दिए। गोलबजारमा आयोजित उक्त कार्यक्रमलाई मधेश क्षेत्रमा रास्वपाको बढ्दो प्रभावका रूपमा समेत हेरिएको छ।

यससँगै गोलबजारमा परिवर्तनको आवाज थप बुलन्द भएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino