चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता, १२ हजारभन्दा बढी मतान्तर
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उल्लेखनीय अग्रता कायम गरेका छन्।
दिउँसो ४ बजेसम्मको मतगणना परिणामअनुसार लामिछानेले १७ हजार ४१२ मत प्राप्त गरेका छन्। आफ्ना प्रतिस्पर्धीभन्दा १२ हजारभन्दा बढी मतान्तरले अगाडि रहेका छन्।
दोस्रो स्थानका लागि नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे र नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेलबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म घिमिरेले ५ हजार ३७ मत प्राप्त गरेका छन् भने खरेलले ५ हजार १३ मत पाएकी छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङले २ हजार ४८६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्।
मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तर अझै बढ्ने वा घट्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया