चोक–चोकमा कडा सुरक्षा: निर्वाचनलाई लक्षित गर्दै देशभर प्रहरी परिचालन
काठमाण्डौं। फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न देशभर व्यापक सुरक्षा व्यवस्था गरिएको छ। शहरी क्षेत्रदेखि दुर्गम गाउँसम्म निर्वाचन प्रहरी (म्यादी प्रहरी) तथा अन्य सुरक्षा निकाय सक्रिय रूपमा परिचालन भएका हुन् ।
नीलो बर्दीमा खटिएका म्यादी प्रहरीलाई नागरिकसँगको समन्वय, भीड व्यवस्थापन र चुनावी आचारसंहिता कार्यान्वयनबारे विशेष प्रशिक्षण दिइएको छ। सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारहरूले स्थलगत रूपमा जिम्मेवारी र कार्यप्रणालीबारे निर्देशन दिइरहेका छन्। यसअघि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना समेत निर्वाचन सुरक्षामा परिचालित भइसकेका छन्।
यसैबीच, निर्वाचन आयोग ले तोकेको कार्यतालिका अनुसार राजनीतिक दलहरूले प्रचारप्रसार अभियान सुरु गरेका छन् , त्यसैगरी आयोगले फागुन १८ गतेसम्म प्रचार गर्न अनुमति दिएको हो। प्रत्यक्षतर्फ कुल ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। उनीहरूले घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। आयोगले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने स्पष्ट पारेको छ।
हातहतियार वा विस्फोटक पदार्थको प्रयोग नगर्न, आर्थिक प्रलोभन नदिन, सार्वजनिक भोज नगर्न र आचारसंहिता कडाइका साथ पालना गर्न उम्मेदवार तथा दलहरूलाई निर्देशन दिइएको छ। चुनावी माहोल तातिँदै, सुरक्षा संयन्त्र उच्च सतर्कतामाचुनावी सरगर्मी बढेसँगै सुरक्षाकर्मीहरू चोक–चोकमा तैनाथ छन्। स्थानीय प्रशासनले मतदातालाई निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न आग्रह गरेको हो ।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइने बताइएको छ। शान्तिपूर्ण मतदान सम्पन्न गर्न सबै पक्षलाई संयमता र जिम्मेवारीका साथ अघि बढ्न अपिल गरिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया