चोरीका ६० दुई पाङ्ग्रे सवारी ट्राफिक प्रहरीद्वारा धनीलाई फिर्ता
काठमाडौं । उपत्यका काठमाडौं ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर आज सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ।
उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका छन् ।
ट्राफिक प्रहरी प्रमुख अधिकारीका अनुसार, आज हस्तान्तरण गरिएका सवारीसहित गत साउनयता चोरी भएका कुल १८१ वटा दुई पाङ्ग्रे सवारीसाधन धनीलाई फिर्ता गरिएको हो ।
यस अवधिमा चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्त तथा परिसरमा पठाइएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ४१७ वटा र आर्थिक वर्ष २०८१/८२ मा ५०३ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सवारीधनीलाई बुझाइसकिएको छ।
सवारी हराएमा तत्काल १०३ (उपत्यका ट्राफिक प्रहरी) वा १०० (नेपाल प्रहरी) नम्बरमा सम्पर्क गरी नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया