जाजरकोटमा भयानक जिप दुर्घटना : २ को मृत्यु, ४ घाइते
काठमाडौं । जाजरकोटको छेडागाडमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप ब्रेक फेल भएर करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूलाई नगर अस्पताल बडाबनमा उपचारका लागि लगिएको छ।
घाइतेहरूमा २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र २३ वर्षीया सितला रावत रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ र स्थानीयलाई सुरक्षित यात्रा गर्न सचेत गराएको छ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया