Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठस्वास्थ्यजाडोमा हिटर, आगो र गिजर प्रयोग गर्दा सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

जाडोमा हिटर, आगो र गिजर प्रयोग गर्दा सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा शरीर वा कोठा न्यानो बनाउन आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार, जाडोमा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना हुन सक्ने भएकाले हावा ओहोरदोहोर हुने ठाउँमा मात्र यी उपकरण प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।

केन्द्रले कोइलाजन्य स्रोतबाट आगो ताप्न, छिटो जल्ने सामग्री नजिक नराख्न, हिटर समय समयमा बन्द गर्न र सुत्नुअघि अनिवार्य रुपमा  आगो  निभाउन आग्रह गरेको छ। साथै, गिजरको मुख्य मेसिन बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र लामो समयसम्म बाथरुममा बस्न नहुने समेत चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino