जेनजी आन्दोलनको क्षति प्रतिवेदन सार्वजनिकः २३ करोडभन्दा बढी नगद जलेर नष्ट, चोरीबाट ३२ करोड क्षति
काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा साढे २३ करोड रुपैयाँभन्दा बढी नगद नोट जलेर नष्ट भएको तथ्य सार्वजनिक भएको छ ।
अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको प्रतिवेदन (२०८२) ले आन्दोलनबाट भएको कुल आर्थिक क्षति २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ पुगेको जनाएको छ ।
प्रतिवेदनअनुसार कुल क्षतिमध्ये ५७.५ प्रतिशत चोरी, ३०.९ प्रतिशत आगजनी र ११.६ प्रतिशत तोडफोड का कारण भएको हो । आन्दोलनका क्रममा नगदतर्फ कुल ७८ करोड रुपैयाँभन्दा बढी क्षति पुगेकोमा २३ करोड ६९ लाख रुपैयाँ बराबरको नगद जलेर नष्ट भएको उल्लेख गरिएको छ ।

चोरीका कारण मात्रै ३२ करोड ८१ लाख रुपैयाँ बराबरको नगद क्षति भएको प्रतिवेदनमा जनाइएको छ भने तोडफोडबाट नगदतर्फ करिब २२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
बहुमूल्य वस्तुमा ठूलो क्षति
सुन, चाँदी, हिरा, मोतीजस्ता बहुमूल्य धातु तथा गरगहनामा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति चोरीबाट भएको देखिएको छ । यस्तै आगजनीबाट १३ करोड ११ लाख र तोडफोडबाट ९३ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

निजी प्रतिष्ठान र घरपरिवार बढी प्रभावित
निजी प्रतिष्ठानमा रहेको नगद तथा सुनचाँदीलगायत बहुमूल्य वस्तुमा ५६ करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ, जुन निजी प्रतिष्ठानहरूले व्यहोरेको कुल क्षतिको २.६ प्रतिशत हो ।

घरपरिवारतर्फ हेर्दा सुन, चाँदी, हिरा र मोतीमा ७५ करोड ३१ लाख रुपैयाँ, नगदमा १२ करोड ६५ लाख रुपैयाँ र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ ।
प्रमुख कारण
प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भएको नगद तथा बहुमूल्य वस्तुमा क्षतिको मुख्य कारण चोरी नै रहेको निष्कर्ष निकालेको छ। आगजनी र तोडफोडको तुलनामा चोरीबाट भएको क्षति उल्लेखनीय रूपमा बढी देखिएको छ ।

समितिको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा चोरी, आगजनी र तोडफोडका घटनाले ठूलो असर पारेको देखाएको छ। सरकारका अनुसार क्षतिको यथार्थ विवरणका आधारमा पुनर्निर्माण र क्षतिपूर्ति सम्बन्धी आगामी नीति तथा कार्यक्रम तय गरिनेछ ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया