झापा–३ मा रास्वपाका प्रकाश पाठक विजयी, राप्रपा अध्यक्ष लिङ्देन पराजित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार उम्मेदवार प्रकाश पाठक ले ३८ हजार ६७४ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लाई २१ हजार ३८० मतान्तरले पराजित गरेका हुन्। यससँगै पाठक पहिलो पटक सांसद बनेका छन्।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लिङ्देन विजयी भएका थिए। क्षेत्र नम्बर–३ का अन्य प्रतिस्पर्धीमध्ये नेपाली कांग्रेसका राजेन्द्र घिमिरे ले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशी ले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिना ले ७ हजार ३३९, र नेकपाका डिल्लीराम घिमिरे ले १ हजार ४५० मत प्राप्त गरेका हुन् ।
क्षेत्र नम्बर–३ मा कुल १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको हो । यस नतिजासँगै झापा–३ मा रास्वपाले आफ्नो प्रभावशाली उपस्थितिलाई स्पष्ट बनाएको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया