Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिझापा–५मा बालेन शाह ओलीलाई भारी मतान्तरले पराजित गर्दै विजयी

झापा–५मा बालेन शाह ओलीलाई भारी मतान्तरले पराजित गर्दै विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार बालेन शाह ले ६८,३४८ मत प्राप्त गर्दै नेकपा एमालेका अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई करिब ४९,६२४ मतान्तरले पराजित गरेका हुन् । ओलीले यस क्षेत्रमा १८,७२४ मत मात्र प्राप्त गरेका छन्।

यसवर्षको झापा–५ निर्वाचन अत्यधिक चर्चित क्षेत्र बन्यो। काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह ले उम्मेदवारी दिएसँगै यस क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर व्यापक चर्चा भएको हो।

३६ वर्षीय बालेन शाह पेशाले इन्जिनियर हुन्। उनी ४ वर्षअघि र्‍यापर र सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तित्वका रूपमा चर्चित थिए। २०७९ मा काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि उनी राजनीतिक र सामाजिक क्षेत्रमा परिचित बनेका हुन् ।

शाहले २०७२ को महाभूकम्पपछि उद्धार र राहतमा सक्रिय भूमिका निभाउँदै समाजसेवीको छवि पनि बनाएका थिए। उनका पिता डा. राम नारायण शाह र माता ध्रुवदेवी शाह हुन्।

यस नतिजासँगै झापा–५ मा रास्वपाले आफ्नो प्रभाबशाली उपस्थितिलाई पुन: पुष्टि गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino