Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिझापा–५ मा बालेन्द्र साहको ठूलो अग्रता, केपी ओलीभन्दा ८ हजारभन्दा बढी मतले अघि

झापा–५ मा बालेन्द्र साहको ठूलो अग्रता, केपी ओलीभन्दा ८ हजारभन्दा बढी मतले अघि


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र साहले उल्लेखनीय अग्रता बनाएका छन्।

पछिल्लो मतपरिणामअनुसार हालसम्म १५ हजार ७४० मत गणना हुँदा साहले १० हजार ४६६ मत प्राप्त गरेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २ हजार २०५ मत मात्रै प्राप्त गरेका छन्। यससँगै साहले ओलीभन्दा ८ हजार २६१ मतान्तरसहित अग्रता कायम गरेका छन्।

झापा–५ मा यी दुई चर्चित नेताबीचको प्रतिस्पर्धालाई यस निर्वाचनको प्रमुख भिडन्तका रूपमा हेरिएको छ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म मतान्तर थप फराकिलो हुन सक्ने अनुमान गरिएको छ। यसैबीच बालेन्द्र साह झापातर्फ प्रस्थान गरिसकेको जानकारी प्राप्त भएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino