Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिझापा–५ मा रास्वपाको चुनावी सक्रियता : दमक–९ मा बिहानको घरदैलो सम्पन्न, दिउँसो कमल–५ मा

झापा–५ मा रास्वपाको चुनावी सक्रियता : दमक–९ मा बिहानको घरदैलो सम्पन्न, दिउँसो कमल–५ मा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा निर्वाचन क्षेत्र नं. ५ मा चुनावी गतिविधि तीव्र बनाएको छ।

यही क्रममा सोमबार बिहान दमक नगरपालिका–९ मा आयोजना गरिएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम उल्लेख्य जनसहभागिताका साथ सम्पन्न भएको छ। बिहान ८ बजेदेखि सुरु भएको घरदैलो कार्यक्रम करिब तीन घण्टा सञ्चालन हुँदै ११ बजे सम्पन्न भएको हो।

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको कार्यक्रम पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको छ । घरदैलोका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझावहरू संकलन गरेका हुन् ।

मतदाताहरूको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानलाई थप ऊर्जा मिलेको रास्वपाले जनाएको छ। उक्त कार्यक्रम रास्वपाका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको संयोजनमा सम्पन्न गरिएको हो। यसैबीच, रास्वपाले झापा–५ मा आज दिउँसो पनि अर्को घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तय गरेको छ।

दिउँसो ३ बजेदेखि कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुगी चोकबाट सुरु हुने कार्यक्रम गुहेश्वरी टोल, टुक्रे, शसस्त्र चेकपोष्ट हुँदै पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने जनाइएको छ।

निरन्तर घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिन रास्वपाले झापा–५ मा आफ्नो चुनावी अभियानलाई अझ सशक्त बनाउँदै लगेको देखिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino