ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध आज १२औँ दिनमा प्रवेश गरेको छ । युद्ध थप चर्किँदै गएको बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेशकियानसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार पुटिनले कुराकानीका क्रममा युद्ध यथाशीघ्र रोक्नुपर्ने र क्षेत्रमा बढ्दो तनाव घटाउन आवश्यक रहेको बताएका छन् । उनले यो संघर्षको समाधान सैन्य उपायभन्दा पनि राजनीतिक संवादमार्फत खोजिनुपर्ने धारणा दोहोर्याएका थिए । कुराकानीका क्रममा इरानी राष्ट्रपति पेजेशकियानले रुसले देखाएको समर्थन र मानवीय सहयोगका लागि धन्यवाद दिएका थिए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग फोनमा कुराकानी गरेको बताएका थिए । ट्रम्पका अनुसार उनीहरूबीच इरानमा भइरहेको युद्ध र युक्रेनको अवस्थाबारे समेत छलफल भएको थियो । ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गर्न सहयोग गर्ने प्रस्ताव गरेको बताए । तर ट्रम्पले पुटिनलाई रुस-युक्रेन युद्ध अन्त्य गराउन सहयोग गर्न सके त्यो अझ राम्रो हुने प्रतिक्रिया दिएको बताएका छन् ।
यसैबीच इजरायलले इरानका विभिन्न शहरमा हवाई आक्रमण तीव्र बनाएको जनाएको छ। इरानको राजधानी तेहरानमा रातभर शक्तिशाली विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इजरायली रक्षा बलले तेहरान र तब्रिज शहरका विभिन्न स्थानमा एकैपटक आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार तब्रिजमा रहेको एक विशेष सैन्य इकाइको कमाण्ड केन्द्रलाई निशाना बनाइएको थियो ।
तेहरानमा भने ‘इमाम हसन’ सुरक्षा इकाइको सैन्य परिसर तथा ब्यालिस्टिक मिसाइल प्रक्षेपणसँग सम्बन्धित एक कमाण्ड केन्द्रमा आक्रमण गरिएको बताइएको छ । त्यसैगरी माराघेह प्रान्तमा रहेको गुप्तचर तथा सुरक्षा प्रहरीको कमाण्ड केन्द्र र तब्रिजस्थित बासिज फोर्सको ठूलो सैन्य परिसरलाई पनि लक्षित गरिएको इजरायलले जनाएको छ ।
अर्कोतर्फ इजरायलले इरानबाट प्रहार गरिएका केही मिसाइललाई आकाशमै अवरोध गरेर नष्ट गरिएको पनि दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले भने इजरायल र मध्यपूर्वका अमेरिकी सैन्य ठिकानामा आक्रमण गरेको दाबी गरेको छ ।
इरानले तेल अवीभको दक्षिणमा रहेको हेला उपग्रह सञ्चार केन्द्र, बियर याकुब, पश्चिम यरुशलम र हाइफा क्षेत्रका सैन्य स्थलहरूलाई निशाना बनाइएको जनाएको छ।
त्यसैगरी इराकको एरबिलमा रहेको अमेरिकी सैन्य आधार र बहराइनको मनामामा रहेको अमेरिकी पाँचौँ नौसैनिक फ्लीटको मुख्यालयमा पनि आक्रमण गरिएको इरानले दाबी गरेको छ । इरानी रिभोलुसनरी गार्डले आफ्नो लक्ष्य पूरा नभएसम्म यस्ता आक्रमण जारी रहने चेतावनी पनि दिएको छ ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया