Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिडा. राकेश न्यौपानेले सार्वजनिक गरे उज्यालो नेपाल पार्टीको चुनावी एजेन्डा

डा. राकेश न्यौपानेले सार्वजनिक गरे उज्यालो नेपाल पार्टीको चुनावी एजेन्डा


काठमाडौँ । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र–१० का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राकेश न्यौपानेले ‘उज्यालो नेपालः सम्भावनाबाट समृद्धितर्फ’ अभियानअन्तर्गत आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले दीर्घकालीन, नीतिगत र जनमुखी विकासका योजना प्रस्तुत गरे। न्यौपानेका अनुसार : काठमाडौं–१० लाई सूचना प्रविधि क्षेत्रको केन्द्र बनाउने लक्ष्यसहित आईटी हब स्थापना, बीपीओ, केपीओ, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा सेन्टर र फिनटेक उद्यमलाई राष्ट्रिय उद्योगको रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले स्टार्टअप प्रवद्र्धन, सहुलियत ऋण, बजार पहुँच र प्राविधिक सहयोगमार्फत डिजिटल रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारे।

स्वास्थ्य क्षेत्र सुधारका लागि ‘मेडिकल सिटी’ अवधारणा प्रस्तुत गर्दै प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा, क्षेत्रीय स्तरमा गुणस्तरीय अस्पताल र टेलिमेडिसिन सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे। साथै स्वास्थ्य पर्यटन प्रवद्र्धनमार्फत विदेशी बिरामी नेपाल ल्याउने र नेपालीलाई विदेश जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य पनि राखेका छन्।

धार्मिक तथा सांस्कृतिक संरक्षणतर्फ  दक्षिणकाली क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। धार्मिक यात्रु सुविधा, सुरक्षा र पहुँच विस्तारका कार्यक्रम स्थानीय समुदायसँग सहकार्यमा सञ्चालन हुने बताए।

त्यसैगरी पर्यटन सर्किट विकास, पुरातात्विक सम्पदा संरक्षण, पूर्वाधार विस्तार, स्मार्ट विद्यालय, औद्योगिक क्लस्टर र नवप्रवर्तन केन्द्र स्थापना गरेर स्थानीय रोजगारी र आर्थिक गतिविधि बढाउने जानकारी समेत गराएका छन् ।

डा. न्यौपानेले भने  उनका एजेन्डा केवल राजनीतिक घोषणा नभई दीर्घकालीन विकासको रोडम्याप हो, जसमा नागरिक केन्द्रित शासन, कार्यान्वयन र जवाफदेहितामा जोड दिइएको छ।

प्रस्तुत गरेका योजनाहरूले क्षेत्रीय विकास र रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ। आगामी चुनावमा नागरिकहरूका लागि यी योजनाहरूको प्रभाव र कार्यान्वयन कस्तो हुने छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino