तेस्रो लिङ्गी समुदायबाट पार्टी नेतृत्व : समावेशी समाजवादी पार्टीका अध्यक्ष नुमा लिम्बुको पहिचानमुखी राजनीतिक पहल
काठमाडौँ । समावेशी समाजवादी पार्टीले समावेशी राजनीति र पहिचानको सम्मानलाई केन्द्रमा राख्दै आफ्नो गतिविधि तीव्र बनाएको छ।
पार्टीका अध्यक्ष नुमा लिम्बु, जो तेस्रो लिङ्गी समुदायबाट नेतृत्वमा पुगेका व्यक्ति हुन्, उनले पहिचान, अधिकार र राज्यको जिम्मेवारीलाई केन्द्रमा राखेर राजनीतिक पहल अघि बढाइरहेका छन्। पार्टीका अनुसार आगामी निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ अध्यक्ष नुमा लिम्बुसहित ६ जनाको उम्मेदवारी तय गरिएको हो। समावेशी प्रतिनिधित्वलाई व्यवहारमा उतार्ने उद्देश्यसहित पार्टीले विभिन्न समुदाय, वर्ग र पृष्ठभूमिका उम्मेदवारहरूलाई अघि सारेको जनाएको छ।
पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत समावेशी लोकतन्त्र, सामाजिक न्याय, गहिरो विकेन्द्रीकरण तथा मानवकेन्द्रित विकासलाई आफ्नो मूल दर्शनका रूपमा अघि सारेको छ। अध्यक्ष लिम्बुको नेतृत्वमा पार्टीले राज्यको शक्ति केन्द्रबाट होइन, समुदाय र नागरिकबाट सञ्चालन हुने शासन प्रणालीको पक्षमा धारणा राख्दै आएको छ।
समावेशी समाजवादी पार्टीले तेस्रो लिङ्गी समुदाय राज्यबाट विशेष संरक्षण र सहारा पाउनुपर्ने वर्ग भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गर्न राज्यले मासिक भत्ता, उपचार सुविधा, सीपमूलक तालिम र सम्मानजनक रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको हो ।
तेस्रो लिङ्गी समुदायबाट राष्ट्रिय राजनीतिक दलको अध्यक्षका रूपमा नुमा लिम्बुको उपस्थितिलाई नेपाली राजनीतिक इतिहासमा समावेशी प्रतिनिधित्वको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मोरङ–२ बाट प्रत्यक्ष उम्मेदवारीसहित मैदानमा उत्रिनुले लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता र अधिकारबारे नयाँ बहस सिर्जना गरेको छ।
समावेशी समाजवादी पार्टीले मोरङ–२ बाट प्रत्यक्षतर्फ ६ जनाको उम्मेदवारी दर्तासँगै समावेशी, अधिकारमुखी र नागरिककेन्द्रित राजनीतिको अभ्यासलाई निर्वाचनमार्फत स्थापित गर्ने संकेत दिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया