Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारदेशका विभिन्न जिल्लामा पानी र हिमपात, संगै काठमाडौं उपत्यकामा  वर्षा

देशका विभिन्न जिल्लामा पानी र हिमपात, संगै काठमाडौं उपत्यकामा  वर्षा


काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी तथा हिमाली भू–भागमा पानी र हिमपात भइरहेको छ।
यससँगै काठमाडौं उपत्यकामा पनि वर्षा जारी रहँदा चिसो बढेको संगै  जनजीवन प्रभावित बनेको छ।

उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपात भएपछि तापक्रम एकाएक घटेको छ। कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात भएको छ। हिमपातका कारण केही ग्रामीण सडकमा यातायात प्रभावित भएको स्थानीयले जानकारी दिएका  छन्।

 

यस्तै गण्डकी प्रदेशका मुस्ताङ, मनाङ र बागलुङको धोरपाटन तथा निसीखोला क्षेत्रमा पनि हिमपात परेको छ। हिमपातपछि ती क्षेत्रहरू सेतो चादरले ढाकिएका छन्। पर्यटकीय क्षेत्र मुस्ताङ र मनाङमा चिसो अत्यधिक बढेको छ।

सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला र बझाङ जिल्लाका उच्च भागमा पनि हिमपात भएको छ। हिमपातसँगै चिसो हावा चलेपछि स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य भएका छन्।सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा जिल्लाका उच्च भेगमा हिमपात भएको छ भने कैलाली र कञ्चनपुरका केही स्थानमा असिनासहित वर्षा भएको छ। असिनाले केही ठाउँमा बालीनालीमा आंशिक क्षति पुगेको स्थानीयले बताएका छन्।

यसैगरी पहाडी जिल्लाहरू गोरखा, लमजुङ, सिन्धुपाल्चोक, दोलखा, रसुवा र रामेछाप मा हल्कादेखि मध्यम वर्षा भएको छ। केही स्थानमा वर्षासँगै चिसो हावा चलेको हो।

काठमाडौं, भक्तपुर र ललितपुर सहित उपत्यकाका क्षेत्रमा पनि वर्षाका कारण सडक चिप्लो बनेको छ भने बिहान र साँझको समयमा चिसो उल्लेख्य रूपमा बढेको छ। अहिले भने बर्षा रोकिए संगै सर्वसाधारण न्यानो कपडामा देखिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही समयसम्म पहाडी क्षेत्रमा वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना कायमै रहन सक्छ; आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

पानी र हिमपातले जनजीवनमा असहजता थपे पनि दीर्घकालीन रूपमा यसले कृषि, जलस्रोत र वातावरणका लागि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino