Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्यदेशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न जिल्लामा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा १० जनाको ज्यान गएको छ। प्रहरीका अनुसार विभिन्न स्थानमा भएका दुर्घटनाले सडक सुरक्षाबारे फेरि चिन्ता बढाएको हो।

आज केन्द्रीय प्रहरी स्रोतका अनुसार काठमाडौंको तारकेश्वर, रौतहटको परोहा र चन्द्रपुर, धनुषाको गणेशमान चारनाथ नगरपालिका तथा लमजुङको सुन्दरबजार क्षेत्रमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको छ। सर्लाहीको हरिवन नगरपालिका–२ मा भएको अर्को दुर्घटनामा पनि एक जनाले ज्यान गुमाएका छन्।

यस्तै चितवनको कालिका नगरपालिका–९ दब्यटार नजिक सडकमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उर्पदानगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक राप्ती नगरपालिका–९ का पूर्ण विकसहित अन्य तीन जनाको ज्यान गएको बताइएको छ।

प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino