आज देखी देशभर किशोरीलाई एचपीभी खोप अभियान
काठमाडौं । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नेपालभर किशोरी लक्षित एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालन गरिँदै छ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको हो।
देशभरका विद्यालय र समुदायमा तोकिएका खोप केन्द्रमार्फत अभियान सञ्चालन गरिनेछ। यसअन्तर्गत यसअघि खोप लगाउन छुट भएका कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिने जनाइएको छ।
स्वास्थ्य निकायका अनुसार एचपीभी खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी भएकाले कुनै भ्रममा नपरी निर्धक्क भएर लगाउन आग्रह गरिएको छ। अभियान सफल बनाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय तहको सक्रिय सहभागिता रहनेछ।
महिलाको शारीरिक तथा प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो अभियानलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाइएको बताइएको छ। खोपबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले छुटेकालाई थप समय दिएर समावेश गर्ने तयारीसमेत गरिएको छ।
पाठेघरको मुखको क्यान्सरजस्तो प्राणघातक रोगबाट बच्न एचपीभी खोप प्रभावकारी माध्यम भएकाले लक्षित सबै किशोरीलाई खोप अभियानमा सहभागी हुन सरकार र स्वास्थ्य निकायले अपिल गरेका छन् ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया