देशभर नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त
नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त छन् । असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेछ । जसमा पार्टीका सबै तहका नेता-कार्यकर्ताहरू खेतबारीदेखि खलिहानसम्म सक्रिय रूपमा संलग्न छन् । विप्लव सीले यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै समग्र देश र जनतालाई आत्मनिर्भर बनाउने बृहत्तर लक्ष्यका साथ अगाडि बढाइएको बताएका छन् । उनका अनुसार यो केवल पार्टीको मात्र नभई, देश र जनताको साझा अभियान हो । जसको मूल लक्ष्य देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई नेपाली जनतालाई स्वाभिमानी र स्वाधीन जीवनयापन गर्न सक्ने बनाउनु हो ।
नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ताको वैचारिक जग निर्माण गरी यसलाई व्यवहारमा उतारेको केही समय भइसकेको छ । यसैको निरन्तरता स्वरूप, वर्तमान उत्पादन अभियानलाई अझ सशक्त बनाइएको छ । पार्टीको स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय समितिको नेतृत्वमा देशभरका नेता-कार्यकर्ताहरू उत्साहका साथ यस अभियानमा होमिएका छन् ।
गत वर्षको अनुभवलाई आधार मान्दै, यस वर्ष ५० प्रतिशतले बढी उत्पादन हुने आकलन गरिएको छ । गए वर्ष नै खाद्यान्नमा लगभग आत्मनिर्भर भइसकेकोले, यस वर्ष उपभोक्तासम्म धेरै परिमाणमा उत्पादन पुर्याउन सकिने विश्वास पार्टीले व्यक्त गरेको छ ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया