देश जलाउने र देश जोगाउने शक्तिबीच प्रतिस्पर्धा : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई तीन फरक धाराबीचको जनमत परीक्षणका रूपमा चित्रण गरेका छन्।
विकट क्षेत्रको चुनावी भ्रमणपछि आयोजित पत्रकार भेटघाटमा उनले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति र राष्ट्रहित जोगाउने शक्तिबीच स्पष्ट प्रतिस्पर्धा भइरहेको बताएका हुन्।
प्रचण्डले भदौ २३ र २४ गते जिल्लामा भएका हत्या, आगजनी तथा तोडफोडका घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै यस्ता गतिविधि लोकतान्त्रिक अभ्यासविरुद्ध भएको टिप्पणी गरे। विशेषगरी २३ गते साँझको ज्यान जाने घटना र २४ गते भएको आगजनीबारे सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्ने उनले बताए। “गल्ती भएको छैन भन्ने प्रवृत्ति स्वयंमा खतरनाक संकेत हो,” उनले भने।
२४ गतेको घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलसँग सम्बद्ध व्यक्तिका घरमा आक्रमण भएको दाबी गर्दै उनले देशलाई अस्थिर पार्ने उद्देश्यले सुनियोजित रूपमा गतिविधि भइरहेको आशंका व्यक्त गरे। २३ र २४ गतेका दुवै प्रकारका हिंसात्मक घटनालाई आफ्नो पार्टीले अस्वीकार गरेको उनले स्पष्ट पारेका हुन् ।
दाहालले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, प्रशासन र नागरिक समाज जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया