धनगढीमा रास्वपाको शक्ति प्रदर्शन, रवि र बालेनको संयुक्त सम्बोधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीमा बृहद् चुनावी सभा आयोजना गरेको छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उक्त सभालाई सम्बोधन गर्न बुधबार धनगढी पुगेका हुन्।
धनगढी -१ स्थित खुला चौरमा आयोजित सभामा हजारौँ समर्थकको उपस्थिति देखिएको छ। कार्यक्रमअघि ट्राफिक चौराहादेखि सभा स्थलसम्म र्याली निकालिएको हो। र्यालीका कारण केही समय बजार क्षेत्रको सवारी आवागमन प्रभावित बनेको स्थानीयले बताएका छन्।
कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्। सभामा पार्टी नेतृत्वले आगामी निर्वाचनको रणनीति, विकासका एजेण्डा र सुशासनको प्रतिबद्धताबारे धारणा राख्ने कार्यक्रम रहेको जानकारी गराएको छ।
धनगढीमा भएको यो शक्ति प्रदर्शनले सुदूरपश्चिममा रास्वपाको उपस्थितिलाई थप बलियो बनाउने संकेत गरेको छ। आगामी चुनाव नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा थप चर्किने देखिएको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया