निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा दिन आइतबार नेपाल सरकारलाई सिफारिस गरेको छ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार, मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट समेटेर तीन दिन बिदा दिँदा निर्वाचनमा सहभागिता बढाउने अपेक्षा गरिएको हो।
पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराई जिल्लामा फागुन १९ गते मङ्गलबार फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ।
त्यसैले तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेशा र व्यवसायमा संलग्न मतदाताहरूले आफ्नो नामावलीको स्थानबाट मतदान स्थलसम्म सहजै पुग्न सक्ने विश्वास गरिएको हो।
आयोगले अब सरकारसँग औपचारिक प्रस्ताव पेश गर्ने तयारी गरेको छ र सरकारले अन्तिम निर्णय गरेपछि बिदा अधिकारिक रूपमा घोषणा हुनेछ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया