Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनिर्वाचनमा जुट्न कांग्रेसका ५ प्रदेश सभापतिको अपिल

निर्वाचनमा जुट्न कांग्रेसका ५ प्रदेश सभापतिको अपिल


काठमाडौँ । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै पार्टीका नेता–कार्यकर्तालाई आगामी आम निर्वाचनमा केन्द्रित हुन अपिल गरेका छन्।

कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा, मधेस प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आवश्यक नरहेको बताएका हुन्।

विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मङ्सिर १५ गतेको बैठकले पार्टीको १५औँ नियमित महाधिवेशन २०८२ पौष १६ गतेदेखि वडादेखि सुरु गर्ने निर्णय गरेको स्मरण गराइएको छ। तर, महाधिवेशनपूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको काम समयमै सम्पन्न हुन नसकेका कारण तोकिएको मितिमा महाधिवेशन सम्भव नभएको उल्लेख गरिएको छ।

यसै सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष १८ गतेको निर्णयअनुसार नियमित महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म हुने तय भएकाले त्यसअघि विशेष महाधिवेशन गर्नुको औचित्य समाप्त भएको उनीहरूको निष्कर्ष छ।

प्रदेश सभापतिहरूले देशभरका कांग्रेसजनलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारीमा जुट्न र २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन हार्दिक अपिल गरेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino