Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनिति निर्वाचन व्यवस्थापनबारे गृह मन्त्रालय–आयोगबीच समन्वय छलफल

 निर्वाचन व्यवस्थापनबारे गृह मन्त्रालय–आयोगबीच समन्वय छलफल


काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने विषयमा गृह मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भएको छ।

निर्वाचन व्यवस्थापन, सुरक्षा र प्रशासनिक समन्वयका विषयमा केन्द्रित रहेर बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याल र आयोगका पदाधिकारीबीच बैठक भएको हो।

बैठकमा गृहमन्त्री अर्यालसँगै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा सहभागी रहेको छन् ।

साथै निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको पनि उपस्थिति रहेको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा आपसी समन्वय सुदृढ बनाउने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको हो।

निर्वाचन प्रक्रियाका क्रममा देखिन सक्ने चुनौतीहरूको पहिचान गर्दै तिनको समाधानका लागि साझा कार्ययोजना बनाएर अघि बढ्ने समझदारी बैठकबाट बनेको जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino