निर्वाचन सहज बनाउन सरकार सक्रिय, उच्चस्तरीय समितिमार्फत दलहरूसँग छलफल
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय भएको छ।
यही सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पछिल्लो समय प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट तथा संवाद गरिरहेका छन्।आज मन्त्री खरेल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेटघाट गरिरहेका छन् ।
चुनावी वातावरण सहज बनाउने उद्देश्यसहित सरकारले ठूला राजनीतिक दलका शीर्ष नेतासँगको सम्बन्ध सुधारमा जोड दिएको छ । यसका लागि सरकारले उच्चस्तरीय समिति नै गठन गरी संवादको प्रक्रिया अघि बढाएको बताइएको छ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्। मन्त्री खरेलको सचिवालयका अनुसार शुक्रबार नै नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ।
सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक बनाउन प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर छलफल थालेको जनाएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया