Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनिर्वाचन सुरक्षामा सशस्त्रको ठूलो परिचालन, १६०० बढी प्रहरी जिल्ला पठाइयो

निर्वाचन सुरक्षामा सशस्त्रको ठूलो परिचालन, १६०० बढी प्रहरी जिल्ला पठाइयो


काठमाडौं । आसन्न निर्वाचनलाई सुरक्षित बनाउन सशस्त्र प्रहरी बल नेपाल ले हेडक्वार्टरबाट १ हजार ६०० भन्दा बढी सुरक्षाकर्मी देशका विभिन्न जिल्लामा परिचालन गरेको छ।

मुख्यालय हलचोकबाट आजै विभिन्न संवेदनशील तथा अति संवेदनशील क्षेत्र लक्षित गर्दै फौज खटाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। ‘भर्चुअल’ माध्यमबाट सम्पूर्ण युनिट प्रमुखहरूसँग समन्वय गर्दै उनले निर्वाचनलाई अभियानका रूपमा लिएर सक्रिय र जिम्मेवार ढंगले परिचालन हुन आग्रह गरेका हुन्।

मुख्यालयका अनुसार मतदानको मिति नजिकिँदै जाँदा थप आवश्यक जनशक्ति पनि चरणबद्ध रूपमा खटाइने तयारी गरिएको छ।

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस् भन्ने लक्ष्यसहित सशस्त्रको सक्रियता बढाइएको जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino