निर्वाचन सुरक्षा उच्च प्राथमिकतामा, ८० हजार सैनिक परिचालनको तयारी
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
निर्वाचनलाई सुरक्षित, स्वच्छ र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ सेना परिचालन गर्न लागिएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकार र राष्ट्रिय सुरक्षा परिषद्बाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको करिब एक महिनाअघि नै सेनालाई फिल्डमा परिचालन गरिनेछ ।
निर्वाचनको तयारीदेखि मतगणनासम्म सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी सम्हाल्नेछ ।निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा सेना खटिनेछ । यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग घनिष्ठ समन्वय गरिने बताइएको छ।
मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचन स्थल तथा केन्द्रको सुरक्षा गर्नेछ। मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्म सेनाले जिम्मेवारी बहन गर्नेछ ।
सरकारले प्रदेशस्तरमा भइरहेका सुरक्षा गोष्ठीबाट प्राप्त सुझावका आधारमा आवश्यक परे थप सुरक्षा प्रबन्ध मिलाउने तयारी गरेको छ । निर्वाचन सुरक्षा राज्यको प्रमुख प्राथमिकता भएको भन्दै सबै सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको सेनाको भनाइ छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला पक्षबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने नेपाली सेनाले जानकारी गराएको छ ।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया