Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनेकपा एमाले ओखलढुंगा जिल्ला समिति नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रम

नेकपा एमाले ओखलढुंगा जिल्ला समिति नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रम


काठमाडौं । नेकपा एमाले जिल्ला समिति ओखलढुंगाले नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रम आज नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा सुरु गरेको छ। उक्त कार्यक्रम चलिरहेको छ ।

समायोजन कार्यक्रमको मुख्य उद्देश्य पार्टी एकता सुदृढ गर्नु, जिल्लामा संगठनात्मक समन्वय बढाउनु र स्थानीय तहदेखि प्रदेशसम्मको राजनीतिक क्रियाकलापलाई व्यवस्थित बनाउनु रहेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रममा जिल्ला समिति सदस्य, स्थानीय नेताहरू, विभिन्न वडा कमिटी प्रतिनिधिहरू र आम पार्टी कार्यकर्ताहरू सहभागी छन्। पार्टीका नेताहरूले कार्यक्रममा एकता र साझा दृष्टिकोणको महत्वबारे विशेष जोर दिएका छन्।

यस समायोजनले आगामी निर्वाचन तयारी र पार्टीको मजबुत संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै ओखलढुंगामा पार्टी एकता र राजनीतिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने र स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पार्टीको प्रभावशाली गतिविधि सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino