नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि चुलिँदा नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपातर्फ
काठमाडौं । आन्तरिक असन्तुष्टि चुलिँदै गएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारूको नेतृत्वमा ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने घोषणा गरेका छन्।
अध्यक्ष थारूका अनुसार पार्टी नेतृत्व तहबाट पछिल्लो समय लिइएका निर्णय, कार्यशैली र संगठन सञ्चालन प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै आफूहरूले पार्टी छाड्ने निर्णय गरेका हुन्।
कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको अनुभूति भएपछि नाउपामा बसिरहनु नैतिक रूपमा उपयुक्त नभएको निष्कर्षमा पुगेको उनले बताए।
पुस १९ गतेदेखि लागू हुने गरी आफूहरूले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारूले जानकारी दिए।
सोमबार नाउपाका पूर्वपदाधिकारी तथा थरूहट/थारूवान संयुक्त संघर्ष समितिसहित रास्वपामा औपचारिक रूपमा समाहित हुने तयारी रहेको उनको भनाइ छ।
सामूहिक राजीनामा दिनेहरूमा जिल्ला अध्यक्ष थारूसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारू, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत नेता–कार्यकर्ता रहेका छन्।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया