Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारनेपाललाई अमेरिका बनाउने षड्यन्त्र हुदैछः प्रकाण्ड सी

नेपाललाई अमेरिका बनाउने षड्यन्त्र हुदैछः प्रकाण्ड सी


नेकपा (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले नेपाललाई अमेरिका बनाउने षड्यन्त्र हुदै गएको बताउनु भएको छ ।
सोमबार शुभकालिका गाउँपालिकाको वडा नम्वर ७ र ८ का जनताको स्वागतपछि भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले नेपाललाई अमेरिका बनाउने षड्यन्त्र हुदै गएको बताउनु भएको हो ।
उहाँले हिजो मात्र इतिहासमा कहिलै नभएको घटना अमेरिकी सेनाले सैनिक मञ्च टुडिखेलमा परेड खेलेको भन्दै कडा आपत्ति जनाउनु भयो ।
उहाँले एमसीसी गरेर देशलाई विदेशीहरुको परेडखेल्ने ठाउँ बनाएको भनेर विगतमा पार्टीले भनेको कुरा अहिले विस्तारै पुष्टि हुदै गएको बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘हाम्रो देशको स्वाधीनता कायम हुन नदिन ठुलो डिजाईन भएको छ ,नेपाल देशलाई नेपालीको हुन नदिने षड्यन्त्र छ, विदेशीकोे स्वार्थ सिद्ध गर्ने रणनीति अनुसार परेड खेलको छ , हामीेले ध्यान पुर्याएनौ भने हामी नेपाली नभई अमेरिकन हुन बाध्य हुनेछौ ।’
उहाँले देश र जनतामाथि खतरा बढेको भन्दै जनताको पार्टी र नेताले जित्नु पर्ने बताउनु भयो । नेता प्रकाण्डले कित २०६४ मा जनताले आफ्नो उम्मेवार पाएको र कित अहिले जनताले आफ्नो उम्मेदवार भएको भन्दै विचका १८ बर्षमा जनताले आफ्नो नेता र उम्मेदवार नपाएको ठोकुवा गर्नु भयो ।
‘पटक पटक कालिकोटको जनताले हारे, यो पटक कालिकोटको उत्पीडित बर्गले जित्नु होस, अहिले म तपाईहरुलाई जिताउन आएको हँु, किसानहरुलाई जिताउन आएको हँु, म त्यसको प्रतिनिधि नेता हुँ, तपाईले जित्न आफ्नै नेतालाई जिताउनु होला’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
उहाँले १० बर्षीय जनयुद्ध र १९ दिने जनआन्दोलनले मर्म अनुसार गणतन्त्र नभएको र यो दलाल पूँजीपति वर्गको हातमा पुगेको बताउनु भयो ।
कालिकोटका उत्पीडित बर्गले जित्नुपर्ने बताउदै जनताको व्यवस्था नहुदासम्म निरन्तर लडिरहने पनि प्रवक्ता प्रकाण्डले प्रतिबद्धता जनाउनु भयो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino